coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

रत्ननगर – मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ। 

हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिए। 

संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले विहीबार दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताए। 

समस्याको शुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाईको भनाइ छ। 

छात्रवृत्ति प्राप्त गर्ने चेलीका अभिभावक विमला विकले आएको रकम सही सदुपयोग हुने बताए। यस्तै छात्रवृत्ति पाएकी दिया लामाले प्राप्त सहयोगको शिक्षामा सदुपयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित: २२ चैत्र २०७४ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App