८ वैशाख २०८१ शनिबार
समाज

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

भिटामोड–जलेश्वर–जनकपुर सडकमा यातायात अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरु। तस्वीरः नागरिक

महोत्तरी – गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

निर्माणधीन सडकमा काम गर्ने ठेक्का पाएका ठेकेदार कम्पनीहरूले जथाभाबी माटो भरेर त्यसै छाडेपछि राती परेको वर्षाले अहिले भिटामोड–जलेश्वर–जनकपुर हिलाम्य भएर हिँडनै नसक्ने भएको र बिहिबार बिहानैदेखी उक्त सडकमा सवारी अवागमन अवरूद्ध हुन पुगेको हो ।

सवारी अवागमन अवरुद्ध भएपछि यस सडक भएर यात्रा गर्ने हजारौं विद्यार्थी ,कर्मचारी र सर्वसाधारण यात्रुहरु गन्तव्यमा नपुग्दै अलपत्र परेका हुन्। यातायात अवरुद्ध भएपछि जनकपुर बस स्टैण्ड र भिठामोड बस स्टैण्डमा अहिले यात्रुहरुको भीड अत्याधिक लागेको छ।

बिहीबार बिहानै जनकपुर बस स्टैण्डबाट हिँडेको गाडी भिटामोड–जलेश्वर–जनकपुर सडक खण्डमा हिलोमा फसे पछि बाटो अवरुद्ध भएको बिहिबार बिहान जनकपुर बाट जलेश्वरका लागि घरबाट हिँडेकी जनकपुर ४ घर भएकी सीता पौडेलले बताएकी छिन।यातायात अवरुद्ध भएपछि साना सवारी साधनले भने मनपरि भाडा असुलेर यात्रुलाई ओसार पोसार गर्न थालेपछि सर्वसाधारण यात्रु थप मर्कामा परेका छन्।

अन्य दिन ४० रुपैंयामा जनकपुरबाट भिटामोडसम्म भाडा तिररे यात्रा गर्दै आएको यात्रुहरूसँग बिहीबार बिहानै देखि यातायात अवरुद्ध मौका छोपी यात्रु पिच्छै २ सय ५० रुपैंया देखि ४ सय रुपैंया सम्म भाडा असुलेर तीन पांग्रे टेम्पो र सानो गाडीहरु प्रयोग गरेर यात्रुहरुलाई ओसारेको जनकपुरकै स्थानीय आरती मण्डलले बताईन्।

दुई वटा प्याकेजमा निर्माण भईरहेको उक्त सडकको ३० प्रतिशत मात्र काम सम्पन्न भएकोे र ठेकेदार कम्पनीहरूले माटोकै काममा बढी समय लगाएकोले थोरै मात्र पानी पर्दा  पनि यस सडकको अवस्था यस्तो हुन पुगेको हो।  

नेपाल सरकारले १८.५६ किमीको उक्त सडक दुई प्याकेजमा निमार्ण गर्ने र त्यसका लागि प्योकज नम्बर १ अन्तर्गत जिरोमाईल देखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर रुपैंया भ्याट सहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्बर २ मा ९ किलोमिटरदेखी १८.५६ किलोमिटर सम्म श्री आशीष पप्पु रोशन जेभीलाई ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याटसहित बजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको ठेक्का अवधि ३ वर्ष रहेको र सडक २३ मिटर चौडा चार लेनको कालोपत्रे सडक निर्माण हुने जनाइएको छ।

नेपाल सरकारको आर्थिक वर्ष ०७३÷०७४ को बजेट अनुसार भिटामोड जलेश्वर जनकपुर सडक खण्ड हुलाकी राजर्मागको चार लेन कालोपत्र समेत हुनेगरी निर्माण गर्न नेपाल सरकारले निर्णय गरेको र उक्त आयोजनालाई ३६ महिना भित्रै कार्य पूर्णरूपमा सम्पन्न गर्ने २०७३ भदौं २३ मा नेपाल सरकार र प्रतिभा वा.पी.जे.भी. तथा अशीष पप्पू रोशन जे भी गरी दुई वटा कन्सट्रक्सन कम्पनीहरू बीच सम्झौता भएको थियो।

उक्त सडकले यस क्षेत्रको जनकपुर जलेश्वर दुई ठुला शहरहरु पनि जोड्ने प्रमुख सडक रहेको र यसै सडक भएर भारतको विहार राज्यको सितामढी जिल्लाहरुवाट धार्मिक पर्यटक भित्राइ राजस्वमा ठुलो योगदान पुर्याउने मुल सडकको रुपमा रहेको छ।

 

 

प्रकाशित: २२ चैत्र २०७४ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App