१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपद्‌मा परी मृत्यु हुनेका परिवारलाई कोशी सरकारले १ लाख दिने

अविरल वर्षापछिको मनसुनजन्य विपत्‌बाट ज्यान गुमाएकाका परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

प्रदेश विपद् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रवक्ता विश्वदिप वेस्राका अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको हो।

बैठकले पूर्ण घर क्षति भएका परिवारलाई ५० हजार रुपैयाँ, आंशिक क्षति पुगेका घरका परिवारलाई ३० हजार रुपैयाँ र सामान्य क्षति पुगेका परिवारलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय पनि गरेको वेस्राले जानकारी दिए।

कोशी प्रदेशमा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। मृत्यु हुनेहरूमा पाँचथरका ५, सोलुखुम्बुका ५, धनकुटाका २, उदयपुरका १ झापाका २ र इलामका १ जना छन्।

बेपत्ता हुनेमा पाँचथरका ५, झापाका १ र मोरङका १ जना छन्। कोशी प्रदेशमा ३९ वटा घरमा पूर्ण क्षति पुगेको छ भने ५८ वटा घरमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८१ २०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App