१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता

अविरल वर्षापछि बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४९ जना पुगेको हो ।  

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै ७४ जना छन् । काठमाडौंमा ४७, ललितपुरमा २२ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो । यस्तै कोशी प्रदेशमा १७, मधेशमा २ र बागमती (काठमाडौं उपत्यकाबाहेक)मा ५६ जनाको मृत्यु भएको छ ।  

मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।  

काठमाडौं उपत्यकामा २०, कोशी प्रदेशमा ८, मधेशमा एक, बागमती (काठमाडौं उपत्यकाबाहेक) २८ र लुम्बिनीमा २ जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ ।  

बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६२६ जनाको उद्धार भएको छ । विभिन्न स्थानमा गरी ६० जना घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।  

मुलुकभर बाढी, पहिरो र ढुवानबाट ३२२ वटा घरमा क्षति पुगेको उल्लेख गर्दै प्रहरीले १६ वटा पुल बगाएको बताएको छ ।  

यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । 

यो पनि पढ्नुहोस्

झ्याप्लेखोला पहिरो: तीन गाडीबाट हालसम्म ३५ शव फेला

प्रकाशित: १३ आश्विन २०८१ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App