१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन

फाइल तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आइतबार दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालनमा आएको छ । चुनपहरा नजिक ठूलो ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।  

प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । उनका अनुसार पहिरोले अवरुद्ध भएका पृथ्वीराजमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा एकतर्फी रुपमा आवागमन सञ्चालन भइरहेका छन् ।  

शनिबारको पहिरोले अवरुद्ध भएको व्यास नगरपालिका–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–१ चिसापानी र व्यास नगरपालिका–३ मादी पुल नजिक एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका प्रनाउ रायले बताए । -रासस

प्रकाशित: १३ आश्विन २०८१ १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App