११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह

गृह मन्त्रालयले मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको जानकारी दिएका हुन्।

उनले कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको पनि बताएका छन्।

ढोका खोल्दा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने हुँदा उच्च सर्तकर्ता अपनाउन उनले आग्रह गरेका छन्।

उनले प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेका छन्। 

प्रकाशित: ११ आश्विन २०८१ १७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App