११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो,सुरक्षित स्थानमा बस्न आग्रह

फाइल तस्बिर

काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रवार आएको बाढीले खतरा तह पार गरेको छ ।  बागमती नदीको खोकना, गौरी घाट, बल्खुमा खतरा तह पार गरेको  जल तथा मौसम विज्ञान विभाग जनाएको छ । 

विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रवार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । 

प्रकाशित: ११ आश्विन २०८१ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App