११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

बाटो बन्द हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। 

शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित: ११ आश्विन २०८१ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App