१५ चैत्र २०८० बिहीबार
समाज

शंकास्पद ४० लाख रुपैयाँ प्रहरीद्वारा बरामद

बारा– भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। भारतसँग सीमाना जोडिएको विश्रापुर १ खेकरीया टोलबाट चेकजाचको क्रममा मंगलबार बारा प्रहरीले उक्त रकम बरामद गरेको थियो। 

भारतबाट नेपाल भित्र्याउँदै गरेको रकमसहित भारत विहार मोतिहारी जिल्ला थाना आदापुर ग्राम आदापुर–१२ श्यामपुर बजारका गुडु कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

सडकमा चेकजँच गरी रहेका प्रहरीले कुमारले चलाउँदै आएका ना ५४ प १५४५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ४० लाख रुपैयाँ बरामद गरिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘शरीरको बिभिन्न भाग र मोटरसाइकलको बिभिन्न स्थानमा राखिएको अवस्थामा ठूलो रकम भेटिएपछि पक्राउ परेका भारतीय नागरिकसँग रकमबारे सोध्दा उनले वीरगन्जमा कबाडको व्यवसाय गरेका सन्तोष कुमार जैसवालको भएको खुल्न आएको छ’, एसपी बैदवारले भने।

भारतीय नागरिककको बयानका आधारमा वीरगन्ज महानगरपालिका वडा नं.१६ ईनर्वा बस्दै आएका सन्तोष कुमार जैसवालसँग सोधपुछ गरिएको र उनले पनि रकमको स्रोत नखुलाएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

उनका अनुसार भारतबाट रकम लिएर आउने र रकमलाई लिने व्यक्तिहरुले रकमबारे स्रोत नखुलाएको अवस्थामा दुबै जनालाई थप कारवाहीको लागि सम्पत्ती सुद्धिकरण विभाग काठमाडौंमा पठाइएको छ।

प्रकाशित: २१ चैत्र २०७४ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App