७ वैशाख २०८१ शुक्रबार
समाज

बहुविवाह गर्नेलाई जेल सजाय र जरिवाना

उदयपुर – श्रीमति हुँदाहुँदै अर्की भित्र्याउने जिल्लाका एक पुरुषलाई जेल सजाय हुने भएको छ। सौता ल्याएको भन्दै जेठी शान्ता राईले उजुरी दिएपछि पक्राउ परेका चौदण्डीगढी नगरपालिका–३ शनिबारेका सन्नी राईलाई जिल्ला अदालत उदयपुरले १ वर्ष जेल र जरिवाना सजायको फैसला सुनाएको हो।

सोमबार बसेको न्यायाधीश तिर्थराज केसीको एकल इजलासले ३३ वर्षीया राईलाई दोषी करार गर्दै १ वर्ष कैद र ५ हजार जरिवाना सजायको फैसला गरेको हो। पक्राउपछि धरौटीमा रिहा भएका राईलाई अदालतले पीडितको आंशिक अभियोग ठहर गर्दै यस्तो फैसला सुनाएको स्रेस्तेदार रीतबहादुर पुलामीले बताए।

अदालतले आरोपित कान्छी श्रीमति २५ वर्षीया पवि मगरलाई भने सफाई दिएको छ। राईले असोज २० गते मगरलाई कान्छी श्रीमतिको रुपमा भित्र्याएका थिए। जेठीको उजुरी अनुसार पक्राउ परेका सन्नी र पवि अदालतबाट पुस २८ गते जनही २५ हजार रुपैंया धरौटीमा तारेखमा रिहा भएका थिए।

प्रकाशित: २० चैत्र २०७४ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App