१० आश्विन २०७७ शनिबार
समाज

तपाईंको नानीलाई पनि अटिजम छ कि?

काठमाडौं – तपाईंका नानीको एक्लै बस्ने बानी छ?, आँखामा आँखा जुधाउँदैनन्? अरु केटाकेटीसँग खेल्दैनन्?, बोलेका शब्द या भाषा दोहो¥यायै गर्छन्? अत्यधिक चकचके या अति निष्क्रिय छन्?

केटाकेटीमा यी र यस्ता व्यवहार देखिन्छन् भने ती अटिजमको अवस्था हुन सक्छ। बेलैमा चिकित्सकलाई जाँच गराएर आफ्नो नानीको जीवन सहज पार्न सक्नुहुन्छ।

अटिजम जन्मजातै हुने मस्तिष्क विकासको विकार (न्युरो डेभलपमेन्टल डिस्अर्डर)को कारणले हुने अवस्था हो। यो अवस्था भएका बालबालिकाले बोलेको दोह¥याएको दोह¥याइ गर्ने, एकान्तमा बस्ने, आफ्नो भाषा सञ्चार गर्न नसक्ने व्यवहार गर्छन्।
अटिजम भएका बालबालिकाले एउटै खेल दोहो¥याइ रहने, कल्पना गरेर खेल खेल्न नसक्ने, सामाजिक कार्य गर्न नसक्ने, आपूmलाई चाहिएको चिज औंलाले नदेखाउने, बोलाउँदा नबोल्ने, असान्दर्भिक तरिकाले हाँस्ने, घाउ, चोट तथा दुःखलाई वास्ता नगर्ने, हल्लिने, मच्चिने, चटपटाउने जस्ता असमान्य व्यवहार गर्ने गर्छन्।

चिकित्सकका अनुसार अठार महिनादेखि तीन वर्षभित्र बालबालिकामा अटिजम भएको प्रष्ट थाहा हुन्छ। अटिजम नै भनेर पहिचान भने मनोचिकित्सक या बालरोग विशेषज्ञले मात्र गर्न सक्छन्। अटिजमको पहिचान भइसकेपछि उनीहरुलाई अटिजममैत्री वातवरण दिएमा परिवार र बालबालिका दुवैले केही सहज जीवनयापन गर्न सक्ने चिकित्सक बताउँछन्।

अटिजम केयर नेपाल सोसाइटीका संयोजक सुरेन्द्र बज्राचार्यका अनुसार उनीहरुलाई स्पिक थेरापी, सामाजिक सीप, विशेष शिक्षा, संगीत, कला, तस्बिर विनिमय थेरापी गरेर उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ। थेरापीले कतिपयमा सुधार भएको बज्राचार्य बताउँछन्। ‘विशेष शिक्षा पाएका कतिपय भाइबहिनीहरु आत्मनिर्भर बन्ने कोसिसमा छन्,’ बज्राचार्यले भने।

अटिजम भएका बालबालिका थेरापीपछि पनि पूरै सामान्य बन्न नसक्ने भएकाले उनीहरुलाई थेरापीको माध्यम सामान्य भाषा सञ्चार गराउन सकिएमा असमान्य व्यवहारमा कमी ल्याउन सकिने उनको अनुभव छ। यसको लागि अटिजम केयर नेपाल सोसाइटीसँग सम्पर्क राखेर विभिन्न थेरापी तथा तालिम लिन सकिने उनी बताउँछन्।

नेपालमा थुपै बालबालिकामा अटिजमको अवस्था रहेको भए पनि थेरापीको अभावमा थुप्रै बालबालिका गाउँघरमा खोरमा थुनिनु परेका तथा कतिपय अविभावक हेरचाहमै  खटिनु परेको बज्राचार्यले बताए। ‘म गाउँ जाँदा कति बालबालिका खोरमा थुनिएको भेटें, कति अविभावकले जागिर छोडेरै बालबालिकाको हेरचाहमा खटिएका छन्,’ उनले भने।

नेपालमा १० वर्षअघि अटिजम केयर नेपाल सोसाइटीको स्थापनापछि मात्र अटिजम भएका बालबालिकालाई विभिन्न थेरापी तथा तालिम दिन थालिएको हो। सोसाइटीको स्थापनासँगै नेपालमा अटिजम बालबालिकालाई थेरापी दिने, अविभावक र बालबालिकालाई विशेष तालिम, थेरापी दिने र यससम्बन्धी जनचेतना जगाउने गतिविधीहरु भइरहेका छन्।

अटिजम भएका बालबालिकाको मानवअधिकार दिलाउन समुदाय र सरकार दुवै जिम्मेवार हुनुपर्ने उनको धारणा छ। ‘मुख्यतः सरकारले नै उनीहरुको लागि विशेष वातावरण दिनु पर्छ,’ उनले भने।

नेपालमा अटिजम भएका बालबालिका कति छन् यकिन तथ्यांक छैन। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार प्रति ६८ जनामा एक जनालाई अटिजम हुन्छ। यो दरको आधारमा नेपालमा करिब ३ लाख जनामा अटिजम भएको अनुमानित तथ्यांक छ।
आइतबार विश्व अटिजम जनचेतना दिवसको अवसरमा नेपालका विभिन्न भागमा जनचेतनामूलक कार्यक्रम आयोजना गरियो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सक तथा अटिजम केयर नेपाल सोसाइटीले सडक नाटक, सामूहिक नृत्य, ¥यालीलगायतको कार्यक्रम आयोजना गरेका छन्। ‘नृत्यमा सबैलाई सहभागी बनाउनु भनेको सक्दो धेरैलाई अटिजम समस्या थाहा होस् भन्नु हो,’ नेपाल अटिजम केयर सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले भने।

विश्वभर यो दिवस सम्पादन सूचीका स्थानमा नीलो बत्ती बालेर मनाउने गरिन्छ। सोही अवसरमा नेपालमा अटिजमको संकेतको रुपमा त्रिवि शिक्षण अस्पतालमा एकैपटक धेरै नीलो बत्तीहरु बालेका थिए। काठमाडौंको बौद्धमा पनि अटिजमको संकेतका रुपमा नीलो बत्ती बालिएको थियो।

प्रकाशित: २० चैत्र २०७४ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App