coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सञ्चारमाध्यम प्रवर्द्धन समिति गठन

मोरङ- मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्द्धनको एकताका लागि ‘सञ्चार माध्यम  प्रवर्द्धन समिति’ गठन भएको छ ।

गठित समितिको संयोजकमा सन्तोष राई, सचिवमा मोहन भट्टराई र कोषाध्यक्षमा विजय खम्बू तथा सदस्यमा केशव निरौला, पर्शुराम न्यौपाने, अमीर राई, एकराज कार्की र सुमन खनाल रहेका छन् । समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार संस्थाको प्रवर्द्धन गर्नु अझ आवश्यक रहेको जनाउँदै नगरपालिका कार्यालयमार्फत नगरमा सञ्चार नीति निर्माणका लागि सहयोग पुर्‍याउने उल्लेख छ ।

पथरीशनिश्चरेबाट साप्ताहिक रुपमा अनमोलमणि, क्रेजी, कुरकुरे, शैक्षिक संसार र तिम्मा प्रकाशित छन् । विद्युतीय सञ्चाारमाध्यमका रुपमा रेडियो सिम्रिक, पथरी एफएम, रेडियो रिदम तथा टिभी नेपाली अनलाइन र पथरी अनलाइन सञ्चालित छन्।रासस
 

प्रकाशित: १९ चैत्र २०७४ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App