७ वैशाख २०८१ शुक्रबार
समाज

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

सुर्खेत- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन्।

कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट आज गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो।

 समितिको उपाध्यक्षद्वय मुनबहादुर रावल र केशरकुमार चपाई, सचिवमा धनबहादुर महत, सहसचिवमा मानबहादुर बुढा, कोषाध्यक्षमा गणेश विक र सहकोषाध्यक्षमा ललिता बोगटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिए।

त्यसैगरी, कर्णाली प्रदेशस्तरको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। जसको संयोजकमा शरणकुमार बडुवाल, सदस्यहरु महाकृष्ण पाण्डे र यामबहादुर बिसीलाई चयन गरिएको नवगठित प्रदेश समितिले जनाएको छ । आइतबार शुरु भई आज सम्पन्न भएको प्रथम भेलामा संगठनका २२३ जना निजामती कर्मचारीको सहभागिता रहेको थियो।रासस

 

प्रकाशित: १९ चैत्र २०७४ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App