७ वैशाख २०८१ शुक्रबार
समाज

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ –  नेकपा एमाले केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ। 

विभागको आइतबार बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका सचिव विष्णु रिजालले जानकारी दिए। पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ। 

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कार बुधबार दिइनेछ। गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो। 

प्रकाशित: १८ चैत्र २०७४ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App