८ वैशाख २०८१ शनिबार
समाज

तलव नपाउँदा शिक्षकले बुझाए चाबी

बैतडी – डेढ वर्षदेखि तलवभत्ता नपाएको भन्दै बैतडीको मेलौलीको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीले  क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाएका छन्।

शुक्रबार तलवभत्ता नपाएको भन्दै चाबी सञ्चालक समितिलाई बुझाएका हुन्। लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र काम गरिरहेका कर्मचारीले तलव नपाएकाले काम नगर्ने भन्दै चाबी सञ्चालक समितिलाई बुझाएको क्याम्पस प्रमुख भवानीसिंह नायकले  बताए। भोको पेटले काम गर्न नसक्ने सबै स्टाफले बताएपछि आपूmले सञ्चालक समितिको बैठकमै चाबी बुझाएको उनले जानकारी दिए। चाबी बुझाएर पठनपाठन बन्द भएपछि विद्यार्थीको पढाइ अवरुद्ध भएको छ।

सञ्चालक समितिले भने विविध कारणले समयमा तलवभत्ता दिन नसकेको जनाएको छ। विद्यार्थीको संख्या घट्दै जानु र क्याम्पसको खर्च बढ्दा समयमै तलब दिन नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबसिंह भाटले बताए।

२०६५ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा, विज्ञान र व्यवस्थापन संकायमा स्नातकतहसम्म पढाइ हुने गरेको छ। क्याम्पसका शिक्षक तथा कर्मचारीले काम गर्न छोडेपछि क्याम्पसमा अध्ययनरत करिव १ सय ५० विद्यार्थीले पढन पाएका छैनन्।

क्याम्पसका देखिएको समस्या समाधानका लागि सञ्चालक समितिले पहल गर्नुपर्ने मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए। नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिसकेको र त्यसैबाट अन्य कुराको व्यवस्थापन गर्ने सहमति भएको नगरप्रमुख नायकले जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७४ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App