१६ चैत्र २०८० शुक्रबार
समाज

२६ वर्षपछि प्रेस काउन्सिल ऐन संशोधन हुँदै

ललितपुर – प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ। 

‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक शुक्रबार आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताए। 

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताए। उनले भने, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उनको जोड छ। सञ्चार माध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उहाँले औँलाए। 

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससको समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नुपर्नेमा जोड दिए। कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उनको जोड छ। 

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राखे। 

काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताए। उनले भने, “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उनले बताए। रासस

प्रकाशित: १६ चैत्र २०७४ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App