८ वैशाख २०८१ शनिबार
समाज

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

काठमाडौं- शिक्षक सेवा आयोगले आउँदो चैत २३ गते अस्थायी शिक्षकलाई स्थायी गर्ने तोकेको परीक्षा चौथो पटक स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहिबार आयोगलाई पत्रचार गरि हालको आन्तरिक परीक्षालेमात्र सम्पूर्ण शिक्षकहरुको पदपुर्ति हुन नसक्ने र यसबाट नियमित पठनपाठन समेत प्रभावित हुने भएकोले खुला र आन्तरिक दुबै परीक्षाको विज्ञापन सँगसँगै गरी शिक्षक पदपुर्तिलाई ब्यवस्थापन गर्नु पर्ने भएकोले चैत्र २३को परीक्षालाई  स्थगति गर्न अनुरोध गरेको हो।

सोहि अनुरोधको आधारमा आयोगले परीक्षा स्थागित गरेको आयोगका प्रशासकीय प्रमुख तुलसि थपलियाले बताए। उनले हालको अवस्थामा परीक्षा संचालन गर्न सक्ने उपयुक्त वातावरण नबनेकोले परीक्षा स्थगित गरेको बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखेलेका स्वकीय सचिव पुरन केसीका अनुसार खुला र आन्तरिक दुबै परीक्षाको विज्ञापन सँगसँगै गरी छिटो भन्दा छिटो शिक्षक पदपुर्ति गर्ने तयारीमा मन्त्रालय रहेको बताए। शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि नै यस्तो कदम चालिएको उनको भनाई छ।

परीक्षामा सहभागि शिक्षकहरु स्वत स्थाईको माग राखेर आन्दोलन गरिरहेका छन् भने विद्यार्थीहरु संघर्ष समितिनै बनाएर शतप्रतिशत खुला प्रतिस्पर्धा गराउनु पर्ने माग गर्दै आमरण अनशन बसिरहेका छन्।

सरकारले २०७३ साल आसार १३ गते शिक्षा ऐन २०२८को आठौं संसोधन गरि असार १५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भयो । जसअनुसार अस्थायी शिक्षकहरुको सवालमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला सिटमा स्थायीको प्रतिस्पर्धा गराउने ब्यवस्था गर्यो । कानून अनुसार २०७३ साल चैत्त १९ गते पहिलो विज्ञापन भयो । यसमा करिब १५ हजार शिक्षकहरुले आवेदन दिए  । पहिलो परीक्षा मिति २०७४ साल असार २४ गते तोकियो। त्यति वेला पनि शिक्षकहरुको भद्रकालिको अनसन र आन्दोन र बाढी पहिरोको कारण देखाई आयोगले परीक्षा स्थगित गर्यो।

दोस्रोपटक परीक्षा मिति आयोगले  २०७४ भदौं ३ गते तोक्यो । भाद्र तीनमा पनि बाढी पहिरोको कारण शिक्षकहरुलाई परीक्षा केन्द्रमा  पुग्न असहज भएको भन्दै परीक्षा एक साताकोलागि सार्न मन्त्री परिषदलेनै आयोगलाई पत्रचार गरी परीक्षा सार्न अनुरोध गरेको सदस्य यादबले जनाए ।

‘तर आयोगले एक साता भित्र पनि परीक्षा संचालन गर्न संभव नभएकोले अनिश्चितकालिन रद्ध गरिदियो,’यादबले सुनाए‘त्यसपछि सरकारको नयाँ शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आठौं शिक्षा ऐन संशोधन कार्यन्वयनै नगरि नवौं संशोधन ल्याएर ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला तथा फेल हुने शिक्षकलाई समेत सेवासुविधा ब्यवस्था गरि दिए।’उनले थपे‘त्यसपछि आयोगले दोस्रो पटक आवेदन माग गर्यो र साढे सात हजार आवेदन पर्यो।’ त्यसपछि मात्र आयोगले करिब २३ हजार पदमा आन्तरिक विज्ञापनको परीक्षा चौथो पटक चैत्त २३ मा तोकेको हो।

प्रकाशित: १६ चैत्र २०७४ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App