दाङमा अटो चढेका दुई महिलालाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। तुलसीपुर उपमहानगरपालिका– ४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपेत्ता हुन्।
शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको पाँच जना सवार अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो।
खाद्रे गाउँका चालक ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ वर्षीया सुनिता थापा र ७ वर्षीय सुशान्त आले भने खोलामा आएको बाढीबाट उत्रन सफल भएका थिए। आमा सुनिताले छोरा सुशान्तलाई जोगाएकी थिइन।
खोलाले बगाएर बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
खोजीका लागि तुलसीपुरबाट प्रहरी निरीक्षक थापाको कमाण्डमा १० जनाको प्रहरी खटिएको छ। शुक्रबार राति करिब पौने १० बजेतिर अर्कौ एउटा अटोलाई पनि काला खोलाले बगाएको प्रहरीले जनाएकाे छ।
प्रकाशित: १९ श्रावण २०८१ ०६:५५ शनिबार