१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विकास र समृद्धिका लागि स्वामीका पाँच अजेन्डा

इटहरी – इटहरीबाट ओशो मेचीकाली जागरण अभियान आरम्भ भएको छ। अभियानक्रममा सर्वसाधारणका लागि आयोजित विशेष प्रवचनमा ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले तपोवनका पाँच अजेन्डाका बारेमा व्याख्या गर्दै मानिसका व्यक्तिगत स्वास्थ्यदेखि राष्ट्र समृद्धहुने खाका प्रस्तुत गरे।

पहिलो अजेन्डामा बुद्धपूर्णिमा कादिन ध्यान दिवसमनाउने, दोस्रो अजेन्डामा योग र ध्यानलाई स्वस्थ जीवनको आधारका रूपमा विकसितगर्दै शरीर र मन सन्तुलनमा राख्नु पर्ने उनले बताए। तेस्रो अजेन्डाका रूपमा राष्ट्रिय एकता तथा समृद्धिको आधारकाबारेमा व्याख्या गर्दै उनले आर्थिक विकास बिना अन्य कुनै विकासको सम्भावना नभएको बताए। उनले देशको प्रतिव्यक्ति आय ८ हजार डलर भन्दा माथि उक्लने बित्तिकै धेरै समस्या आफै सुल्झिने बताए। त्यस्तै चौथौ अजेन्डामा रुख रोपौं, प्रकृतिजोगाऔं भन्दै स्वामीले देशमा प्राकृतिक सन्तुलनका लागि वृक्षरोपण महत्वपूर्ण भएको बताए। नेपालमा रहेका ९५ ओशो केन्द्र तथा आश्रमले आफ्नो जग्गामा तथा स्थानीय निकायसँग समन्वय गरेर सार्वजनिक स्थानमा ८ लाख रुख रोप्ने संकल्पलिएको पनि उनले बताए। स्वामीको पाँचौ अजेन्डामा सचेत नागरिक प्रवद्र्धन रहेको छ। नागरिक सचेत भए मात्र कुनै पनि नीति, परियोजना, कार्यक्रम सफलतापूर्वक पूर्ण हुने कुरामा जोड दिँदै उनले यसका लागि जनसंख्या वृद्धिप्रतिको सचेतता, सार्वजनिक स्थलको सफाइ, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता, सुशासनको सफल कार्यान्वयन आवश्यक रहेको बताए।

बिर्तामोडको कार्यक्रममा प्रदेश नं १ काआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यी अजेन्डा विकास मुखी भएकाले प्रदेश नं १ को शिक्षा नीतिमा समावेश गर्दै अन्य क्षेत्रमा पनि तपोवनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले पाँचै अजेन्डालाई अघि बढाउन प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने आश्वासन दिए।

सुनसरी क्षेत्र नं ४ काप्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले लागूपदार्थको बिगबिगीले युवादुव्र्यसनमा फसेकाले ध्यान र योगका माध्यमबाट यसबाट बच्न चेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने ओशो देवभूमि ध्यान केन्द्रलाई सांसद कोषबाट २ लाख रुपैयाँ सहयोगको घोषणा गरे ।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि पनि आमन्त्रित थिए । ध्यान र उत्सवको माहोलमा यी कार्यक्रम इटहरी, विराटनगर, धरान, इनरुवा, माइधार, कन्याम र बिर्तामोडमा सञ्चालन भएका थिए।

प्रकाशित: १६ चैत्र २०७४ ०२:३१ शुक्रबार

विकास समृद्धिका लागि स्वामीका अजेन्डा