८ वैशाख २०८१ शनिबार
समाज

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

उदयपुर– उदयपुर जिल्ला अदालतले बालिकामाथि जवरजस्ती गरेको आरोपमा थुनामा रहेका एक अभियुक्तलाई १० वर्ष कैद फैसला गरेको छ। जिल्ला अदालत उदयपुरको बुधबारको इजालसले ७ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका युवालाई १० वर्ष कैदको सजाय सुनाएको हो।

साविक बेलटार ९ हाल चौदण्डीगढी नगरपालिका ५ का २२ वर्षीय श्रीलाल विकलाई बालिकामाथि बलात्कार गरेको ठहर गर्दै जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले १० वर्ष कैदको फैसला सुनाएको हो। इजलासले पीडितलाई क्षतिपूर्तिवापत ३० हजार भरणपोषण गर्ने फैसला पनि सुनाएको अदालतका श्रेस्तेदार रितबहादुर पुलामी मगरले बताए।

गत ०७३ माघ २७ गते बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले गरेको उजुरीका आधारमा विकलाई पक्राउ गरी मुद्धा चलाउँदा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। ०७३ माघ २८ गते इलाका प्रहरी कार्यालय बेल्टारमा परेको उजुरीका आधारमा फागुन २ गते प्रहरीले पक्राउ गरी विकलाई अदालतमार्फत मुद्धा अघि बढाएको थियो।

पीडक युवकमाथि अनुसन्धान गर्दै पुर्पक्षमा थुना राख्ने आदेश दिएका युवकबारे फैसला हुँदा उनी सजायका भागिदार बनेका छन्। अदालतको फैसलासँगै विकलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७४ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App