१५ चैत्र २०८० बिहीबार
समाज

दक्षिणकालीको भञ्ज्याङमा बस पल्टियो, २ को मृत्यु, २७ घाइते

काठमाडौँ – दक्षिणकालीको भञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको दक्षिणकाली यातायातको बस विहीबार विहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। 

सडकमा गुडिरहेकोे बसको पत्ता एक्कासी भाँचिएर बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीको भनाई छ। 

प्रकाशित: १५ चैत्र २०७४ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App