coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमामा सुरक्षा गस्ती निरन्तरता, सेना फर्कदा सशस्त्र प्रहरी खटियो

दार्चुला– दार्चुलाको उत्तरी सीमा क्षेत्रमा राज्यको पंहुच नहुदा छिमेकी हस्तक्षेप बढ्न थालेपछि अहिले त्यस क्षेत्रमा सुरक्षा निकायको पंहुच बढेको छ। महिना दिन अगाडि भारतीय पक्षबाट सीमानदी महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा गस्तीमा रहेको थियो। दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गा दल गुल्मबाट सेनाको टोली दुई हप्ता अगाडि बन्दोबस्तीका सामानसहित महाकाली तटिय क्षेत्र भएर उत्तरतर्फ तिंकरसम्म गस्तीमा गएको थियो। सीमा क्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सुरक्षा सर्तकताका साथ सेनाले यस क्षेत्रको स्थलगत सुरक्षा गस्ती निस्केको थियो।

सेनाको टोली फिर्ता हुन लागेकोले अब उक्त क्षेत्रमा सीमाको रेखदेख गर्न फेरि सशस्त्र प्रहरी गस्तीमा निस्केको छ। सशस्त्रको सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु सीमा क्षेत्रमा गस्ती तथा सीमा निगरानीमा निस्केको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले बताए।

‘सशस्त्र प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा बन्दोबस्तीका सामानसहित मंगलबार सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न र सीमा क्षेत्रमा भइरहेका गतिविधिको नियन्त्रण पुनः सीमा निगरानीमा गएको छ,’ गुल्मपति जोशीले भने, ‘हाम्रो टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाका वडा नं.१ को त्रिदेशीय सीमा तिंकरसम्म पुग्ने लक्ष्य छ।’ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने सवै किसिमका गतिविधिको निगरानी गर्ने तथा त्यस क्षेत्रमा नियमित सुरक्षा पंहुच हुने भन्दै उनले त्यस क्षेत्रमा गएको सेनाको टोली फिर्ता हुने क्रममा रहेकाले सुरक्षा निकायको नियमितता समेत हुने विश्वास व्यक्त गरे।

नेपालको भुभागमा भारतीय पक्षले आफु अनुकुलका गतिविधिहरु संचालन गरिरहेको अवस्थामा सुरक्षा निकायको क्रियाशीलताले सीमामा भारतले एकतर्फी रुपमा अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरु अंकुश तथा त्यस क्षेत्रमा राज्यको उपस्थिति समेत देखिएको छ। सीमामा भारतीय पक्षको दोहन रोक्नका लागी न त यस क्षेत्रमा कसैको बसोबास रहेको थियो न त सुरक्षा निकायको उपस्थिति नै हुने भएकोले पनि त्यस क्षेत्रमा भारतीय पक्षबाट यस्ता क्रियाकलापहरु हुँदै आएका थिए।

प्रकाशित: १४ चैत्र २०७४ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App