coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

काठमाडौँ – मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ। 

चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो। 

स्वास्थ्य जाँचमा खटिएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिए। “जाँच गराएका ४२ महिलामध्ये २२ जनालाई पाठेघरको समस्या, आठ जनालाई मानसिक तनाव र ११ जनालाई ग्याष्ट्रिकको लक्षण देखिएको छ,”– उनले भने। 

क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकाका लागि निःशुल्क मनोसामाजिक परामर्शसमेत दिएको छ। मनोविद् सनम पौडेलले मनोरञ्जन क्षेत्रका महिलालाई रातको समयमा निद्रा नलाग्ने, भविश्यको चिन्ता गर्ने, समाजबाट जोगिएर काम गर्नुपर्ने, बच्चाबच्चीको चिन्ता गर्नेलगायतका समस्या देखिएको बताए। 

क्याप नेपालका अध्यक्ष फरिन ठकुरीले मनोरञ्जनका क्षेत्रका काम गर्ने महिलालाई पुरानो भोगाइलाई बिर्सेर नयाँ काम गर्नतर्फ हौसला प्रदान गर्नका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको जानकारी दिए। उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, ठमेल र उपत्यका बाहिर सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरमा यस्तो परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको उनको भनाइ थियो। 

पन्ध्र वर्षदेखि निरन्तर महिला र बालिकाको हकअधिकार तथा श्रम संरक्षणको क्षेत्रमा काम गरेको क्याप नेपालले समस्यामा परेका २२ महिलालाई सेल्टर स्थापना गरेर संरक्षण दिँदै आएको कार्यक्रम व्यवस्थापक अभिषेक थापाले जानकारी दिए। 

नयाँ बसपार्कस्थित महानगरीय प्रहरी प्रभागले दिएको जानकारीअनुसार गोँगबु क्षेत्रमा ४० वटा डान्स तथा दोहोरी सञ्चालनमा छन्। प्रभागका प्रमुख प्रताप पौडेल मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य तथा हकअधिकारका लागि क्याप नेपालले राम्रो कामको थालनी गरेको बताए। 

प्रकाशित: १४ चैत्र २०७४ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App