५ असार २०८२ बिहीबार
image/svg+xml
समाज

परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’ हुने भएको छ।

‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल बुधबारत्यसतर्फ जाने भएकी छन्।

त्यस अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित: २६ असार २०८१ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App