सुलोचना मोक्तान (३०) राक्सिराङ गापा–५, चैनपुर (मकवानपुर) स्थित लेकाली महिला साकोसकी व्यवस्थापक हुन्। राक्सिराङ सबै हिसाबले पिछडिएको ठाउँ हो। यही ठाउँलाई उकास्नका लागि २०६६ सालमा गठित लेकाली महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकका रूपमा काम गरिरहेकी छु।
समूह गठनबाट सुरु भएर सहकारीमा आबद्ध मैले विशेषगरी दिदीबहिनीलाई निरन्तररूपमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक सशक्तीकरणका लागि सहजीकरण गरिरहेकी छु।
त्यसैगरी आयआर्जनमार्फत गरिबी न्यूनीकरण, उद्यममार्फत बेरोजगारी घटाउने तथा अधिकारका सबालमा सचेतीकरणका विभिन्न कार्यक्रम गरिँदै आएको छ।
यतिबेला मैले नेतृत्व गरेको सहकारीलाई समुदायले हेर्ने नजर सकारात्मक बनेको छ। पीडित दिदीबहिनीको भरोसाको केन्द्र बनेको छ। आर्थिक समस्या समाधान हुने थलोका रूपमा चिनिन सकेको छ।
समग्रमा यो सहकारी सामाजिक कार्य गर्ने अड्डाका रूपमा पनि पहिचान बनाउन सफल भएको छ। अनि यस्तो सहकारीको नेतृत्व गर्ने ठाउँमा बस्न पाउँदा किन निरास हुने? मलाई यसप्रति गर्व छ।
यो पनि पढ्नुहोस्
नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला
प्रकाशित: २५ फाल्गुन २०८० १३:३४ शुक्रबार