१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

बुटवल लोक नृत्यको उपाधि एभरेष्टलाई

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट माविले पहिलो पुरस्कार जितेको छ।

६५ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधिसँगै एभरेष्टले १ लाख नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र प्राप्त गर्‍यो।

मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालित प्रतियोगितामा बुटवलका ४४ वटा विद्यालय सहभागी थिए। प्रतियोगितामा नवीन औद्योगिक मावि दोस्रो हुँदै ६० हजार नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो।

न्यु होराइजन मावि र अक्सफोर्ड मावि तृतीय भए। उनीहरुले नगद २५ हजार सहित सिल्ड प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिता समापन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउन बालबालिकाको क्षमता विकास तथा प्रदर्शनका कार्यक्रमहरु आयोजना गरिएको बताए।

बुटवललाई लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा अग्रस्थानमा राख्नकालागि प्रतियोगिता गरिएको र यसलाई निरन्तरता दिइने उनले बताए।

प्रतियोगिताको निर्णायक कमिटीका संयोजक दुर्गा रायमाझीले सहभागी सबै नृत्यहरु उत्कृष्ट र राम्रा रहेको र केही समुदाय र क्षेत्रका नृत्य प्रस्तुतिले नेपालकै विविधता झल्काएको बताए।

प्रतियोगिताका विजेतालाई बिहीबार मनाउन लागिएको ६५ औं स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तथा वडा नं. १३ का अध्यक्ष नारायण पुनले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०८० १९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App