४ वैशाख २०८१ मंगलबार
समाज

अध्यक्ष ढकाललाई मानवअधिकार पुरस्कार

पत्रकार कोकिला ढकाललाई पुरस्कृत गर्दै प्रदेशसभाका सभासद् रामबहादुर रानामगर लगायत। तस्बिर: नागरिक

इलाम – एक नम्बर प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकाललाई प्रदान गरिएको छ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार सदरमुकाममा आयोजित समारोहमा पत्रकार ढकाललाई पुरस्कृत गरिएको हो। प्रदेशसभाका सभासद् रामबहादुर रानामगरले पत्रकार ढकाललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरे। मानवअधिकार मञ्च नेपालले मानवअधिकार संरक्षणका लागि पत्रकारिताको माध्यमबाट विशिष्ट योगदान पु¥याउने १ नम्बर प्रदेशका १ पत्रकारलाई हरेक वर्ष सम्मान गरिरहेको छ।

डेढ दशकयता पत्रकारितामा क्रियाशील ढकालले महिला, बालबालिका र विभेदमा परेका सर्वसाधारणको न्यायका लागि पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान गरेकाले सम्मान गरिएको मञ्चले जनाएको छ। पत्रकार ढकाल राजधानी दैनिक, स्थानीय इलाम पोष्ट दैनिक, कञ्चनजंघा एफएम र इलाम आवाज साप्ताहिकलगायतका मिडियामा आबद्ध छिन्।

यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य सटेन्द्र जबेगू, विराटनगरका अग्रज पत्रकार यज्ञ शर्मा, झापाका अग्रज पत्रकार चन्द्र भण्डारी पनि सम्मानित भइसकेका छन्। पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलगायत विभिन्न राजनीतिक दल, संंघ–संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी र पत्रकारलागयतको सहभागिता थियो।

प्रकाशित: २४ फाल्गुन २०७४ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App