१५ चैत्र २०८० बिहीबार
समाज

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

दुनै – डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारिएपछि उत्पन्न चर्को विवादका बीच बिहीवार वडा नं ७ जुफालमा नगरपालिकाको कार्यालय   उद्घाटन हुने भएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ को निर्णय र फागुन १६ गतेको राजपत्रमा प्रकाशित सुचना अनुसार ठुलीभेरी नगरपालिकाको स्थाई केन्द्र जुफाल वार्ड नं ७ मा कायम गरेपछि आधिकारिक रुपमा कार्यालय उद्घाटन हुन थालेको हो।

केन्द्र सरेसँगै १७ फागुनबाटै सर्वसाधारणले जुफालबाटै सेवा लिईरहेको वडा नं ९ का अध्यक्ष बिमल भण्डारीले बताए। दुनैमा उपलब्ध वार्ड नं १, २, ३, ४ र ११ का अध्यक्ष र सदस्यहरुले   नगरपालिकाका उपप्रम्ुाुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा सदरमुकाम दुनैमा आकस्मिक पत्रकार सम्मेलन गरेर नगरको केन्द्र मेयर गणेश शाही र कार्यकारी अधिकृत गोबिन्द सुनारले जालसाजी गरेर हुदै नभएको केन्द्र सार्ने निर्णय गरेर सरकारलाई सिफारिस गरी केन्द्र सारि अबैधानिक कार्य गरेको बताएका छन। 

जनप्रतिनिधिहरुलाई समेत झुक्याएर केन्द्र सारेकाले दुबै जना कानुनी कारवाहीका भागिदार हुने भएकाले कार्यकारी नगरप्रमुखको रुपमा उपप्रमुख योगेन्द्र बहादुर शाहीबाटै दुनैबासीहरुले नगरपालिकाबाट प्रदान गरिने सबै सेवा पाउने भएकाले जनतालाई अन्योलमा नपर्न आग्रह गरिएको जानकारि समेत पत्रकार सम्मेलनमा दिइएको थियो। 

यसैगरी नगरप्रमुख गणेशबहादुर शाहीले असार ३१ मा गरेको निर्णय जालसाजी र किर्ते भएकोले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकोले कुल ५२ सदस्यको २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको र ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने नगरसभाले निर्णय गरेको उपप्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए। 

सदरमुकाम दुनै आसपासका नगर  जनप्रतिनिधिले उपप्रमुखलाई कार्यकारी नगरप्रमुखको रुपमा स्थापित गरि नगरको कार्यालय समेत दुनैमा नै रहेको र नगरले गर्ने सबै कामकाज दुनैबाटै हुने  गरेको निर्णय र सरकारले तोकेको स्थायी केन्द्र जुफालमा नगरको आधिकारिक कार्यालय रहेको अवस्थामा एउटै नगरका दुई समानान्तर कार्यालय भएपछि सर्वसाधारणलाई कुन कार्यालयबाट सेवा लिने भननेमा दुबिधा भएको छ।

केन्द्र सारेको बिरोधमा एक सातादेखि जारी आन्दोलका कारण बन्द भएको दुनै बजार बुधबारबाट खुलेको छ।
बन्दका कारण शैक्षिक संस्था, बैङ्किङ कारोबार, दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति तथा सरकारी तथा गैह्र सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्य नजर राख्दै बन्द खुलाइएको संघर्ष समितिका संयोजक हिक्मत शाही बताए।

प्रकाशित: २३ फाल्गुन २०७४ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App