४ वैशाख २०८१ मंगलबार
समाज

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

इन्टरनेट सेवाका लागि टावर खडा गर्दै प्राविधिक। डिबी बुढा : नागरिक

जुम्ला – जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जिल्लाको तिला, हिमा र सिजा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आईसकेको छ भने तातोपानी, गुठिचौर,पातारासी, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगामी आइतबार देखि एकैसाथ इन्टरनेट सेवा सञ्चालनमा आउन आउँनेछ।

इन्टरनेट टावरको काम भईरहेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्राली जुम्लाका सञ्चालक हर्षबहादुर शाहीले बताए। उनका अनुसार यो इन्टरनेट सेवा नेपाल टेलिकमको भन्दा छिटो, छरितो हुने छ।

पहिलो चरणमा गाउँपालिका कार्यालयलाई निशुल्क डिएसएल राउटर प्रदान गरिएको छ। सिम्पल लिङ्कले सबै स्थानीय तहमा इन्टरनेट पुर्याउनको लागि पहल गरेको हो। शाहीले भने,अब गाउँपालिकामा सहजै रुपमा बैकिङ्क कारोबारको काम हुँने भयो। अहिले सबै स्थानीय तहका सम्पर्क कार्यालय इन्टरनेट नभएको भन्दै सदरमुकाम केन्द्रित छन। इन्टरनेटको पहुचँ भएसँगै गाउँमै सबै काम हुँने भएको स्थानीय तहका प्रतिनिधिले बताएका छन्।

नेपालगन्ज देखि जुम्लाका सबै स्थानीय तह सम्म झण्डै २ दर्जन बढी टावर राखिएको छ। गत साउन देखि इन्टरनेट गाउँगाउँमा पुर्याउने भन्दै पहल थालिएको थियो।  गाउँपालिकामै अहिले ताजा समाचार र केन्द्रका सर्कुलर देखि नीति नियम सिधै हेर्न सकिने भएकोमा स्थानीय खुसी छन। पहिलो चरणमा गाउँपालिका कार्यालय र प्रत्येक वडा कार्यालयमा यो सेवा प्रदान गरिने भएको छ। स्थानीयले यो सेवा लिन चाहेमा सहजै रूपमा उपलव्ध गराउन सकिने सिम्पल लिङ्कले जनाएको छ। यो सेवा लिदा नेपाल टेलिकम जतिकै शुल्क लाग्ने जनाइएको छ।

बिस्तारै विद्यालय, संघ संस्था, बिषयगत कार्यालयमा पनि यो सेवा बिस्तार गर्दै लैजाने तयारी रहेको हर्षबहादुर शाहीले जानकारी दिए। अहिले पनि अधिकांश स्थानीय तहका गाउँमा टेलिफोन सेवा नलाग्दा घण्टौ हिडेर डाडाँकाडाँ सम्म पुग्नु पर्ने बाध्यता कायमै छ। तर सिम्पल लिङ्कले इन्टरनेट सेवा गाउँ गाउँ सम्म पुर्याएकोमा निकै खुसी छन। यो सेवालाई दिर्घकालिन बनाउनका लागि पहल भईरहेकोले टावरको सुरक्षाका लागि सम्बन्धीत गाउँपालिकानै लाग्नुपर्नेमा जोड दिइएको छ।

अधिकांश गाउँमा अहिले पनि सञ्चारको साधन भनेकै रेडियो मात्र बनेको छ, तर ईन्टरनेट सेवा बिस्तार भएसँगै सहजै रूपमा देशविदेशको खबर थाहा पाउनुका साथै आफन्तजनसँग प्रत्यक्ष भिडियो कलका माध्यमबाट कुराकानी गर्न सकिने भएको हो। यो सेवाको स्पिड ५ सय १२ रहेको छ। अहिले नेपाल टेलिकमको एडिएसएल सेवाले १ सय २८ स्पिडमा काम गरिहेको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App