२५ असार २०७७ बिहीबार
समाज

मौलाउँदै छ लागूऔषध व्यापार

बाँके – महेन्द्र रंगशालामाएक महिनाअघि मैत्रीपूर्ण फुटबल खेल्न गएका बेला नेपालगन्जका पत्रकार जीवन पाण्डेको मोबाइल फोन र ४० हजार रुपैयाँ चोरी भयो । बैंकको किस्ता बुझाउन तयार पारेको रकम चोरी भएपछि उनी निराश भएर प्रहरीको सम्पर्कमा पुगे । उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर घटनाको जानकारी गराए । मोबाइलको ‘आइएमइ कोड’ प्रहरीलाई दिएर आएका पाण्डेलाई दिउँसो चोरी गर्ने व्यक्ति पत्ता लागिसकेको खबर आयो। 

चोरी गर्ने व्यक्ति नेपालगन्जबाट सल्यान जाँदै थिए । प्रहरीले उनलाई दिउँसो नियन्त्रणमा लिन सफल भयो । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति रंगशालावरिपरि आगूऔषध सेवन गर्ने व्यक्ति थिए । रंगशाला लागूऔषध सेवनका लागि सुरक्षित स्थानमा पर्छ । दुव्र्यसनीहरू खेल्ने बहाना बनाउँदै रंगशालामा लागूऔषध सेवन गर्छन् । पाण्डे रंगशालामा गएका बेला एक दुव्र्यसनीले लागूऔषध किन्न पैसा जुटाउन चोरी गरेका थिए ।तर, प्रहरीले नियन्त्रणमा लिँदासम्म उनले १० हजार रुपैयाँ खर्च गरिसकेका थिए । यो घटनामा पाण्डेले उजुरी दिएनन् । आपसी सहमतिमा घटना मिल्यो। 

यसरी लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिले चोरी गर्ने घटना बाँकेमा सामान्य हुन थालेको बताउँछन पाण्डे । खुला सिमाना र फितलो सुरक्षा व्यवस्थाले बाँकेमा लागूऔषध दुव्र्यसनीको संख्या र यसको व्यापार बढ्दो छ । दुव्र्यसनका कारणउल्लेख्य संख्यामा युवा शक्तिहीन र असामाजिक बन्दै गएका छन् । यसले सिमानासँग जोडिएकानेपालको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार २०७२÷०७३ मा लागूऔषधका ७८ घटना दर्ता भएका थिए । तर, गत वर्ष भने लागूऔषधका घटनामा पक्राउ पर्नेको संख्या बढेको छ । २०७३÷०७४ मा १ सय ३७ घटना दर्ता भएर मुद्दा चलेको थियो। 

यस वर्षको पुससम्म  लागूऔषधका ६६ घटनामा कानुनी प्रक्रिया अगाडि बढेको बताउँछन् जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका प्रहरी निरीक्षक रणबहादुर विष्ट । दुव्र्यसनमा फसेकाहरूको संलग्नता अन्य आपराधिक घटनामा रहने गरेको बताउँछन् विष्ट । विशेष गरी चोरी, हत्या, तस्करीमा लागूऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको उनको भनाइ छ। 

यस्ता हुन्छन् प्रयोगकर्ता
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार लागूऔषधको दुव्र्यसन र ओसारपसारमा १३ देखि २५ वर्ष उमेरका युवायुवती बढी संलग्न छन् । दुव्र्यसनमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असामाजिक हुन्छ । लागूऔषधका पूर्वप्रयोगकर्ता सागर क्षेत्री (नामपरिवर्तित) का अनुसार यस्तो व्यवहार हुनुको पछाडि दुव्र्यसनमा फसेका व्यक्ति घरपरिवार र समाजबाट बिस्तारै एक्लिँदै गएको महसुस गर्नु हो । ‘दुव्र्यसनमा फसेका बेला मैले घरका आमाबुबा, दाइभाइ, शिक्षक कसैको वास्ता गरिनँ,’ क्षेत्रीले भने, ‘दुव्र्यसनमा परेकाहरूले आफूलाई छुटै ग्रहबाट आएको मानिस सम्झन्छन्। मैले जे गरेपनि हुन्छ भन्नेजस्ता भावना जाग्छन् । यसले दुव्र्यसनीलाई बिस्तारै एक्लो बनाउँदै जान्छ । र, उनीहरू आफूजस्तै साथीको खोजीमा लाग्छन्।’

दुस्साहस पनि दुव्र्यसनमा फस्नुको एउटा कारण भएको बताउँछन् क्षेत्री । उनका अनुसार सुरुमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन । समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ । उनले भने, ‘एउटा बच्चाको हुर्काइसँगै समाज, परिवार, स्कुलले विभिन्न अपेक्षा राखेका हुन्छन् । हरेक अभिभावकमा आफ्नो बच्चा राम्रो बनोस् भन्ने सोच हुन्छ । यो सोच अपेक्षामा परिणत हुन्छ । जसको डरले बच्चा भाग्न खोज्छ । यसरी डर हटाउने भन्दै दुव्र्यसनमा फस्दै जान्छन् युवा ।’ सुरुमा चुरोट, रक्सी, गाँजा हँुदै दुव्र्यसनका अन्य बाटो रोज्न थाल्छन्उनीहरू । चुरोट, गाँजालगायतलागूऔषधसेवन गरेपछि आनन्द आउने, यौन शक्ति बढ्नेजस्ता भ्रमपूर्ण धारणाका कारण पनि युवा दुव्र्यसनमा फस्ने गर्छन्। 

लत छाड्न टर्निङ प्वाइन्टको खाँचो
दुव्र्यसनले जिम्मेवारी बोध गराउँदैन । दुव्र्यसनमा परेका व्यक्तिलाई पुनसर््थापनामा सहयोग गरिरहेको संस्था सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्री २०५३ सालमा कम्प्युटर कक्षामा भर्ना भएका थिए । पछि उनले त्यो कक्षा बीचमै छाडे । तत्कालीन महेन्द्र माविमा अध्ययनरत थिए उनी । कक्षाका प्रथम विद्यार्थी थिए । एसएलसीमा बोर्डमा टप गर्न सक्ने विद्यार्थीका रूपमा उनलाई विद्यालयले लिएको थियो । १० कक्षाको टेस्ट परीक्षामा उनले नेपालीबाहेक सबैमा ९० प्रतिशतभन्दा बढी अंकसहित उतीर्ण गरेका थिए । एसएलसी हुन तीन महिना बाँकी थियो । त्यो फुर्सदको समयमा उनी दुव्र्यसनमा परे । दुव्र्यसनमा परेपछि उनले हरेक रात छाड्ने अठोट लिएपनि बिहान उठ्दा त्यसलाई पूरा गर्न सक्दैनथे । दुव्र्यसनबाट मुक्त हुनका लागिएउटा ‘टर्निङ प्वाइन्ट’ आउनुपर्ने क्षेत्रीको बुझाइ छ । एउटा दुर्घटनामा परेपछि उनले दुव्यर्सन छाडेका थिए । उनले भने, ‘ म दुर्घटनामा पर्दा सबैले माया र सहयोग गर्नुभयो । यसले मलाई परिवर्तित हुन सघाउपुग्यो । दुव्र्यसनमा परेका बेला मलाई कसैले वास्ता गर्दैन भन्ने लाग्थ्यो । तर, मेरो बुझाइ गलत थियो ।’

बाँकेमा थरीथरीका लागूऔषध
लागूऔषधले मानव शरीरमा उत्तेजना पैदा गर्ने, शान्त पार्ने, एकोहोरो बनाउने, भ्रम उत्पन्न गराउनेजस्ता समस्या गराउँछ । यस्तो अवस्था उत्पन्न गराउने  गाँजा, चरेस, अफिम, डेनड्राइट, ब्राउन सुगर, नाइट्रोसन चक्की, कोरेक्स, ओपिडोल दुव्र्यसनमा परेका युवाको रोजाइमा पर्नेगर्छन् । केही प्रतिबन्धित लागूऔषध नेपालबाट भारततर्फपठाउने गरिन्छभने केही भारतबाट नेपालमा भित्र्ने गर्छन् । दुव्र्यसनमा फसेका व्यक्तिको साइन कोडअनुसार भारत ‘पारि’ तर्फ गोटी, झोल(कोरेक्स) खान सहज छ । सुईलगाउनेलाई ‘ढुस’, ‘पानी खाने’ प्रयोग हुन्छ  भने किन्ने बेला सामान र माल दिनु भनेर भन्ने गरिन्छ। 

‘वारि’ नेपालबाट गाँजा, चरेस र अफिम भारततर्फ पठाउने गरिन्छ । खुला सिमानाका कारण पनि लागूऔषध प्रयोग र बिक्री गर्न सहज भइरहेको छ । पूर्वप्रयोगकर्ता क्षेत्रीका अनुसार बाँकेका युवाले धेरे प्रयोग गर्ने लागूऔषधमा टयाबलेट, नाइट्रोसन चक्की, कोरेक्स, ओपिडोल र डे«नडाइट छन्् । उनका अनुसार अहिले ब्राउन सुगर प्रयोग गर्नेको संख्या बढिरहेको छ। 

नाइट्रोसन चक्की किन्न पनि सहज छ । १० देखि १५ रुपैयाँमा यो चक्की पाइन्छ । कोरेक्स झोल १ सय देखि १ सय ५० रुपैयाँमा पाउन सकिन्छ । डेनड्राइड धेरैजसो सडक बालबालिका र पैसा नहुनेले प्रयोग गर्ने गर्छन् । ब्राउन सुगर एक ग्रामको ३ देखि ४ हजार रुपैयाँसम्म पर्छ । आर्थिक अवस्था कमजोर भएपछि र किन्नका लागि पैसा नभएपछि दुव्र्यसनमा फसेकाहरू आफै तयार पारेर समेत लागूऔषध खाने गर्छन् । लागूऔषध किन्नकै लागि केहीप्रयोगकर्ता आपराधिक क्रियाकलाप गर्न तयार हुन्छन् । दुव्र्यसनमा परेकाहरू सकेसम्म आफनो रोजाइको वस्तु प्रयोग गर्ने प्रयास गर्छन् । नपाएपछि अन्तिम विकल्पकारूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल रछेपारोसम्म मारेर खाने गर्छन्। 

बाराबंकीको ‘माल’ राम्रो 
दुव्र्यसनमा फसेका व्यक्तिले नेपाल र भारतका सीमावर्ती सहरमा सहजै बिक्री गर्ने र खाने स्थान पाउने गर्छन् ।बाँके प्रहरीका अनुसार भारतीय सिमानानजिकैका नेपाली गाउँ जयसपुर, जमुना नाका, राधापुर, साइगाउँ, नरैनापुर लागूऔषध भित्रिने मुख्य नाकाका रूपमा देखिएका छन् । ती स्थान लागूऔषध खरिद, बिक्री र सेवन गर्नेका लागि सहज स्थान हुन् । यो सूचीमा नेपालगन्जका केही टोल पनि छन् । प्रहरीका अनुसार कोहलपुरमा पनि लागूऔषध प्रयोगकर्ता र बिक्री हुने गरेको छ। लागूऔषध प्रयोगकर्ताका अनुसार भारत बाराबंकीको टिक्रा र गणेशपुरकोलागूऔषधलाईगुणस्तरयुक्त मानिन्छ। 

टिक्रा र गणेशपुरमा भारत सरकारले औषधिका रूपमा प्रयोग गर्न अफिम खेतीको अनुमति दिएको छ ।केही गिरोहले यी ठाउँबाट किनेर अफिम बिक्री गर्ने गर्छन् । विभिन्न समूहमा रहेका गिरोहले टिक्रा र गणेशपुरबाट नानपारा, बहराइज, रुपैडिहा हुँदै नेपाली सिमानानजिककासहरसम्म लागूऔषध पुर्‍याउने गरेका छन् । केही प्रयोगकर्तास्थानीय गिरोहको सम्पर्कबाट बाराबंकीसम्म पुगेरै लागूऔषध किन्ने गर्छन्। 

५ वर्षसम्म लागूऔषध प्रयोग गरेर अहिले पुनर्स्थापना केन्द्रमा रहेका सुनिल परियारका अनुसार पहिले रक्सौलको माललाई राम्रो भन्ने गरिन्थ्यो । तर,मिसावट कम हुने भएकाले अहिले बाराबंकीको मालको माग बढ्दो छ । यहाँबाट भित्रिने लागूऔषधको माग काठमाडौं, मध्य तथा सुदूरका पहाडी जिल्लामा समेत हुने गरेको छ । नेपालका गाँजा, चरेस, अफिम राम्रो मानिन्छ भारतीय बजारमा । भारतबाट प्रशोधित भएर फेरि नेपालका सहरमा ब्राउन सुगर अफिम आउने गरेको पूर्वप्रयोगकर्ता परियार बताउँछन् । अहिले त नेपालका केही पहाडी जिल्लामा गोप्य रूपमा अफिम तथा गाँजा खेती तथा यी वस्तुको व्यापार बढिरहेको छ । बिचौलियाले नै पैसा दिएर किसानलाई खेती गर्न सहयोग गर्ने गरेको उनले बताए । यसरी नेपालमा उत्पादन भएका गाँजा, चरेस भारतमा लगेर प्रशोधन गर्ने गरिन्छ। 

मुख्य गिरोह पक्राउ पर्दैन
खर्च गर्न सक्नेले घरमै बसेर अफिम, ब्राउन सुगर, गोटीलगायत लागूऔषध पाउन सक्छन् । लागूऔषधको बजार मिश्रित खालको छ । लागूऔषधका केही  प्रयोगकर्ता सामान किन्न आफै भारतीय सहर जान्छन् र आफ्ना साथीलाई बेच्ने गर्छन् । यसरी एकअर्कालाई सामान दिनेहरूको आआफ्नै समूह हुन्छ । केही संगठित गिरोहले लागूऔषधको व्यापार गर्छन् । संगठित गिरोह भारत र नेपाल दुवैतर्फ रहेको पूर्वप्रयोगकर्ता परियार बताउँछन् । तर, उनीहरूसम्म प्रहरी पुग्नै सक्दैन । उनीहरूले विभिन्न व्यक्तिलाई प्रयोग गरेर व्यापार चलाइरहेका छन्। 

बेइमान धन्दा
पूर्वदुव्यसनीहरू लागूऔषधको कारबारलाई बेइमान धन्दा भएको बताउँछन् । उनीहरूका अनुसार लागूऔषध प्रयोग गर्ने र बिक्री गर्ने समूहका लागि अपराध गर्नु सामान्य हो । दुव्र्यसनीमा फसेकाले त खान नपाएपछि जे पनि गर्न तयार हुन्छन् । सामान्य घटनामा पनि मानिसको ज्यान लिन समेत दुव्र्यसनी पछि पर्दैनन् ।बाँके प्रहरीका अनुसार लागूऔषध प्रयोग गर्नेमा तेस्रो लिंगी, यौन व्यवसायी, यातायात क्षेत्रका कर्मचारी र विद्यार्थी धेरै हुने गरेका छन्। 

यस कारणले रोकिँदैन लागूऔषधको ओसारपसार
२०६९ सालमा गृह मन्त्रालयले गरेको अनुसन्धानमा बाँकेमा हार्ड ड्रग्स प्रयोगकर्ताको संख्या ४ हजार १ सय रहेको खुलेको थियो । हार्ड ड्रग्समा गाँजा, रक्सी  आदि पर्दैनन् । लागूऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति लागूऔषधको लतमा नराम्ररी फसिसकेकाहरू हुन्छन् । हार्ड ड्रग्स लिनेहरूको रोजाइमा कोरेक्स, ब्राउन सुगर, अफिम पर्ने गर्छन्। लागूऔषध सेवन गर्नेहरूका लागि यो अन्तिम चरण पनि हो । यसलाई ‘इन्जेक्टिड’ ड्रग्स प्रयोगकर्ता भनिन्छ । लागूऔषध नियन्त्रण ब्युरोमै काम गरिरहेका एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानका लागि पर्याप्त जनशक्ति छैन । जिल्ला प्रहरी कार्यालय बाँकेकोलागूऔषध दुव्र्यसन नियन्त्रण एकाइमा प्रहरी एक नायब निरीक्षक र एक प्रहरी जवान गरी दुईजना छन् । संघीय एकाइ प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा लागूऔषध नियन्त्रणमा काम गरिरहेको छ। जनशक्ति अभावका कारण प्रहरीले बाँकेमा दुव्र्यसनका बारेमा राम्ररी अनुसन्धान गर्न नसकेको एक प्रहरी अधिकारी बताउँछन् । उनका अनुसार लागूऔषध ओसारपसार र दुव्र्यसन रोक्नका लागि कडा नीति आवश्यक छ । बाँकेमा लागूऔषध नियन्त्रण गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा २२ सदस्यीय जिल्ला लागूऔषध नियन्त्रण समिति छ। समितिले वडास्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने तयारी गर्दैछ । तर,लागूऔषधसम्बन्धी प्रहरी अनुसन्धान प्रभावकारी हुन नसकेको बताउँछन् क्षेत्री । उनले भने, ‘लागूऔषधसहित पक्राउ परेकालाई प्रहरीले सोझै ओसारपसार गर्ने अपराधीसरह व्यवहार गर्छ । उनीप्रयोगकर्ता हुन् कि बिक्रेता भन्ने छुट्याउन जरुरी छ । प्रयोगकर्तालाई हामीले सामाजिक सहयोगबाट पुनसर््थापितगर्न सक्छौं । बिक्री गर्नेलाई कडा सजाय हुनुपर्छ ।’ लागूऔषध बरामद भएको परिमाणका आधारमा सजाय हुने व्यवस्था हुनुपर्ने क्षेत्रीको भनाइ छ । ‘यसले सुधारगृहमार्फत लागूऔषध प्रयोगकर्ताको सामाजिक पुनसर््थापनामा मद्दत पुग्छ,’उनले भने । लागूऔषधको कारोबारमा संलग्न कतिपय गिरोहका सदस्य पक्राउ परे पनि राजनीतिक दबाब र आर्थिक चलखेलका कारण प्रयोगकर्ताकारूपमा कम सजाय काटेर उम्कने गर्छन् । सुधारगृहमा पठाउनुपर्ने युवालाई प्रहरीले सुराकीकारूपमा प्रयोग गरिरहेकालेपनि कठिनाइ हुने गरेको क्षेत्रीको बुझाइ छ । उनले भने, ‘लागूऔषध नियन्त्रणका लागि सतहमा मात्र काम भइरहेकोछ । लागूऔषध नियन्त्रण गर्न त्यसको डिलरसम्म पुग्नजरुरी छ । तर, हामी खुद्रा व्यापारीलाई पक्राउ गरेर लागूऔषध नियन्त्रण गर्न हिँडिरहेका छौं ।’

यसरी कम गर्न सकिन्छ दुर्व्यसन
प्रहरीले लागूऔषध दुव्र्यसन रोकथामका लागिसमुदायसँग मिलेर काम गरिरहेको छ । तर, यो अभियान प्रभावकारी देखिँदैन । बाँकेमा नवकिरण, प्रेरणा, सामना र सहारा हाउसलगायत संस्था लागूऔषधका दुव्र्यसनीलाई पुनसर््थापना गर्ने क्षेत्रमा काम गरिरहेका छन्। 

दुव्र्यसनमा फसेका मानिसलाई मानसिक र सामाजिक रूपमा रुपान्तरणका लागिसामाजिक उत्तरदायित्व बोध गराउने वातावरण, सहयोग र स्नेहको आवश्यकता रहेको सहारा हाउसका अध्यक्ष क्षेत्री बताउँछन्।

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App