७ वैशाख २०८१ शुक्रबार
समाज

लाप्राकमा भूकम्प पीडितलाई घर छुट्याईयो

काठमाण्डौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधिन बस्तीका भूकम्प पीडितहरुलाई चिट्ठा मार्फत घर छुट्याई दिएको छ। एनआरएनएसँग एक वर्षअघि घर निर्माण सम्बन्धी सम्झौता गरेका भुकम्प पीडित परिवारलाई चिट्ठा मार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो।

घरको स्वामित्व छुट्याउन गोरखाको लाप्राक पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली दिवसको अवसरका औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेर निर्माणमा उत्साह थप्न घरधनीलाई स्वामित्व हस्तान्तरण प्रकृया थालिएको बताए। 

“अहिले घर आधिकारिक रूपमा हस्तान्तरण गरेको भन्दा पनि पुनर्निर्माणमा भूकम्प पीडितको आफ्नोपन होस् भनेर छुट्याइएको हो,” अध्यक्ष भट्टले भने, “पुनर्निर्माणमा आफ्नो घरमा लाभग्राहीको थप सहयोग हुने अपेक्षा गरेका छौं ।”

 निर्माणाधीन ५ सय ७३ वटा घर निर्माण सम्पन्न हुने बित्तिकै हस्तान्तरण गर्ने गरी हाललाई छुट्याइएको हो। ‘आफ्नो निमार्णधिन भवन र लाप्राक नमुना बस्ती मेरो पहिलो प्राथमिकता हो र त्यसका लागि हामी दिन रात नभनी हामी यसमा खटेका छौ ,यसपछि अन्य थुप्रै योजना अगाडि बढेका छन’ , भट्टले भने।

एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले अक्टोबरमा रहेको एनआरएनए डेका अवसरमा लाभग्राहीलाई हस्तान्तरण गर्ने गरी निर्माण समाप्त गर्ने गरी अहिले धमाधम काम भइरहेको बताइन।

एनआरएनएले पुनर्निर्माणका लागि काठ सहयोग गरी दिन लाभग्राहीसँग सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार आफूले पाउने घरप्रति अपनत्व होस् र पुनर्निर्माणमा सहयोग पुगोस् भनेर अहिले नै घर हस्तान्तरण गरिएको हो। हाल निर्माण गरिएका घर क्लस्टर अनुसार छुट्याइएको छ । नमुना बस्तीमा ए देखि पी सम्मका क्लस्टर छन्। हरेक क्लस्टरमा फरक–फरक खालमा घर छन्। 

चिट्ठा प्रक्रिया निष्पक्ष होस् भनेर गाउँपालिका, नेपाली सेना र एनआरएनएले छनोट भएका घर र सेवाग्राहीको नाम राख्ने व्यवस्था मिलाइएको छ। तीन वटा निकायले नाम राखेका र अनुगमन गरेको कारण पनि निष्पक्ष रुपमा बाडफाँड हुने एनआरएनएको भनाइ छ।

नागरिकता, भूकम्प पीडित कार्ड र सम्पर्क ठेनागा लिएपछि निर्माण सम्पन्नपछि मात्र आधिकारिक रुपमा हस्तान्तरण गर्ने योजना बनाइएको छ। संघले लाप्राक नमुना बस्ती गुरुयोजना, घरको डिजाइन र लागतबारे समेत यसअघि नै स्थानीयवासीलाई जानकारी गराइसकेको छ । नेपाल सरकारले बनाएको मापदण्ड अनुसार तयार पारिएका यी घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका रहेका छन् । यस अभियानमा स्थानीय, एनआरएनए र नेपाली सेनाको निरन्तर सहयोग रहँदै आएको छ।

 

 

प्रकाशित: २२ फाल्गुन २०७४ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App