१५ चैत्र २०८० बिहीबार
समाज

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मोरङ – मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

एभरेष्ट बोर्डिङ स्कुलको को १ क ८३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।  (रासस)

प्रकाशित: २२ फाल्गुन २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App