७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यार्थी र बिरामी समस्यामा

त्रिभुवन माध्यमिक विद्यालय पुग्ने बाटो अवरुद्ध हुनेगरी निर्माण थालिएको भेरी नगरपालिकाको  भवन । तस्बिर : जनक

जाजरकोट – भेरी नगरपालिकाको भवन बनाउँदा जिल्ला अस्पताल र जिल्लाकै सबैभन्दा पुरानो त्रिभुवन माध्यमिक विद्यालय जाने बाटो बन्द भएको छ । बाटो बन्द हुँदा विद्यालयमा ६ देखि १२ कक्षामा पढ्ने २ हजार विद्यार्थी र  अस्पताल जाने  सयौं बिरामीलाई आवतजावतमा सास्ती भएको छ । बाटो बन्द हुँदा स्थानीय पनि प्रभावित भएका छन्। 

भवन निर्माणका कारण अवरुद्ध बाटो विद्यार्थीले ४२ वर्षदेखि र अस्पताल पुग्ने बिरामीले ३० वर्षदेखि प्रयोग गर्दै आएका थिए । बाटो बन्द भएपछि स्थानीयले विरोध गरेका छन् । नापी कार्यालय र  स्थानीय तहको निर्वाचन हुनुअघिको राजनीतिक दलहरुको स्थानीय संयन्त्रको कम्जोरीका  कारण ४२ वर्ष पुरानो बाटो  हराउन पुगेको स्थानीयको भनाइ छ। 

भवन निर्माणका कारण अवरुद्ध बाटो विद्यार्थीले ४२ वर्षदेखि र अस्पताल पुग्ने बिरामीले ३० वर्षदेखि प्रयोग गर्दै आएका थिए । बाटो बन्द भएपछि स्थानीयले विरोध गरेका छन् ।

विद्यालय र  अस्पताल जाने वैकल्पिक बाटोको व्यवस्था नगरी भवन निर्माण गर्नु उचित नभएको  स्थानीय मित्रगणेश श्रेष्ठले बताए । उनले ५० वर्षदेखि विद्यार्थी हिँडेको बाटो बन्द हुँदा पनि  सरोकारवाला मौन रहनु दुःखलाग्दो भएको बताए । ‘ससाना विद्यार्थी हिँड्ने बाटो  छैन । बिरामी बोकेर लैजाने बाटो पनि  छैन तर कसैलाई कुनै वास्ता छैन’, उनले भने। 

त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सनतकुमार कार्कीले नगरपालिकाले  विद्यालय र अस्पतालका लागि सहज बाटोको विकल्प दिनुपर्ने बताए । दशकौंदेखि विद्यार्थी हिँडेको सार्वजनिक बाटो नै नरहनेगरी  नक्सा बदल्ने र वैकल्पिक बाटो नै नदिने काम  नगरपालिकाको गैरजिम्मेवारी भएको कार्कीले बताए । विद्यालय पुग्ने बाटो  नगरपालिका र अन्य निकायले  जसरी पनि बनाउनुपर्ने विद्यालयका प्रधानाध्यापक हेरम्बबहादुर  शाहले बताए । नगरपालिकाको भवन  निर्माण सुरु भएका कारण विद्यार्थीलाई विद्यालय पुग्न   समस्या परेकाले यसतर्फ सरोकारवालाले सोच्नुपर्ने उनको भनाइ छ। 
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भने  जिल्ला अस्पताल र  विद्यालयका लागि नयाँ बाटो  बनाउन बजेट छुट्याएको बताए । अहिलेको साँघुरो बाटोको विकल्पमा अन्यत्रबाटै फराकिलो बाटो बनाउने उनको भनाइ छ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App