४ वैशाख २०८१ मंगलबार
समाज

अपांग परिवारलाई फेसबुकबाटै घर

एकैघरको तीनजना पूर्ण अपांगता भएको परिवारलाई अपांगमैत्री घर बनाउन जुटेको सहयोग हस्तान्तरण गर्दै । तस्बिर: नरहरि/नागरिक

गोरखा– सहिदलखन गाउँपालिका–७कोटगाउँका तीनजना अपांगता भएको एक परिवारलाई घर निर्माण गर्न सहयोग जुटेको छ । 

फेसवुक अभियानबाट संकलित रकम नौ लाख ७४ हजार रुपैयाँ पिडित परिवारलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष शरण श्रेष्ठको पहलमा फेसबुकबाट सुरु भएको अभियानमा जम्मा भएको सो रकम ५२ वर्षीय धनबहादुर श्रेष्ठको परिवारलाई गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीले हस्तान्तरण गरेकी हुन् । सो रकमबाट त्यो परिवारका लागि अपांगमैत्री घर बनाइनेछ । \

रकम संकलन क्रममा मकाउबाट झन्डै दुई लाख, काठमाडौंबाट एक लाख ५० हजार र वडा अध्यक्ष श्रेष्ठको पहलमा झन्डै ६ लाख रुपैयाँ संकलन भएको हो ।

श्रेष्ठले अपांगता भएका छोराछोरीलाई भूकम्पपछि अस्थायी घरमा बस्न निकै समस्या भएपछि बुङ्कोट स्थायी घर भई देशका अन्य सहर र विदेशमा रहेकाहरूले फेसबुकबाट सहयोग संकलन अभियान थालेका थिए । उक्त अभियानको क्रममा जम्मा भएको रकम शनिबार प्रदान गरिएको हो । 

रकम संकलन क्रममा मकाउबाट झन्डै दुई लाख, काठमाडौंबाट एक लाख ५० हजार र वडा अध्यक्ष श्रेष्ठको पहलमा झन्डै ६ लाख रुपैयाँ संकलन भएको हो ।सो रकम घर निर्माणमा खर्च गर्ने गरी निर्माण समितिलाई दिइएको वडा अध्यक्ष श्रेष्ठले बताए । 

६ जना सन्तानमध्ये श्रेष्ठ परिवारमा तीनजना अपांग छन् । उनीहरू सामान्य हिँड्नसमेत सक्दैनन् । शारीरिक रूपमा अशक्त भएकै कारण भूकम्पपछि अस्थायी घरमा बस्न उनीहरूलाई समस्या भएको थियो । भुकम्पको तीन वर्षसम्म घर बनाउन नसकेका श्रेष्ठ परिवारलाई अब भने घर बनाउने आँट आएको छ । 

श्रेष्ठ परिवारमा २९ वर्षीया लीला, २६ वर्षीया शिला र १८ वर्षीय राजीव पूर्ण रूपमा अपांग छन् । अहिले उनीहरू बस्ने घर चर्किएको छ । अब बन्ने घर पक्कीसँगै अपांगमैत्री बनाउने योजना निर्माण समितिको रहेको समितिका अध्यक्ष जितु गुरुङले जानकारी दिए । 

उक्तसहयोग संकलन अभियानमा काठमाडौंबाट नवराज अम्गाईं, उत्तरकुमार श्रेष्ठले नेतृत्व गरेका थिए भने मकाउबाट विष्णु श्रेष्ठ, अमृत श्रेष्ठले सहयोग गरेका हुन् । मिक्स एन्ड म्याच नामक संस्थाका अध्यक्ष गोकुल खड्काले २०७१ सालदेखि मासिक एक हजार नगद उक्त परिवारलाई सहयोग गर्दै आएका थिए । अहिले पनि उनले घर निर्माणमा एक लाख रुपैयाँ नगद सहयोग गरेका छन् । 

अझै पनि सहयोग जुट्ने क्रम रहेको अध्यक्ष श्रेष्ठले बताए । उक्त परिवारमा एकै घरमा तीनजना अपांग रहेको र नागरिकता बनाउन सदरमुकाम आउन सक्ने अवस्था नरहेपछि जिल्ला प्रशासन कार्यालयको टोलीले घरैमा पुगेर केहीमहिनाअघि नागरिकता दिएको थियो । 

प्रकाशित: २० फाल्गुन २०७४ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App