१६ चैत्र २०८० शुक्रबार
समाज

जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही

संखुवासभा – स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहका जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन्। थपलियाले जनप्रतिनिधिलाई खुलेर सहयोग गर्न स्थानीय तहका कर्मचारीहरुसँग आग्रह गरे। संखुवासभा सदरमुकाम खाँदबारीमा शुक्रबारबाट सुरु भएको स्थानीय सरकार सञ्चालन तथा योजना तर्जुमा सम्बन्धि कार्यक्रममा उनले जनप्रतिनिधि र कर्मचारी बीच मनमुटाब हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको बताए। 

कर्मचारीको असहयोग भए जनप्रतिनिधिले चाहे अनुसार काम गर्न नसक्ने उनको भनाइ थियोे। सबैको साझेदारी र समन्वय बिना विकासका काम नहुने पनि उनले बताए।  उनले १५ दिनभित्र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम हुने दाबी पनि गरे। ‘जिल्लामा भएका कर्मचारीहरु गाउँगाउँ गएर काम गर्ने छन्’, उनले भने– ‘सबै स्रोत र साधन स्थानीय तहमा गइसकेको छ, २ महिना भित्र सदरमुकाम केन्द्रित कार्यालयहरु स्थानीय तहमा हुनेछन्।’ 

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले जनताले दिएको मतको कदर गरेर विकासे काम गर्न सबैलाई आग्रह गरे। गौतमले मतदाता सामु दिएको विकासको प्रतिबद्धता सबैले पूरा गर्नुपर्ने बताए।

कार्यक्रममा १० ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी छन्।

प्रकाशित: १९ फाल्गुन २०७४ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App