coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

दुर्घटनामा परेको सवारी साधान। तस्बिर : उमेश पुन

पोखरा – पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाइते भएका दुईको अवस्था भने गम्भीर छ।

गम्भीर घाइते हुनेमा स्याङजाका ३० वर्षीय जीतबहादुर विक (ट्याक्सी चालक) र नुवाकोट घर भई पोखरा औद्योगिक क्षेत्र बस्ने २४ वर्षीया माया तामाङ रहेका छन्। औद्योगिक क्षेत्र बस्ने ३५ वर्षीया वीरमाया तामाङ  सामान्य घाइते भएकी छन्। उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ। घाइते तीनैजना ग १ ज ३७०७ नम्बरको ट्याक्सीमा सवार थिए।

यस्तै घाइते हुनेमा ग १ च ४४४९ नम्बरको निजी गाडीमा सवार पोखराको सुन्दरीबजार बस्ने ३३ वर्षीय अम्रित जिसी (चालक) र ३८ वर्षीय सागर लामिछानेको अन्नपूर्ण अस्पताल शिवचोकमा उपचार भइरहेको छ। 

पोखरा विरौटा घर भएका गोपीकृष्ण ढुंगाना ५९ र उनकी बुहारी उमा शर्मा ३४, को गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग १ च ४४४९ नम्बरको प्राईभेट गाडी अनियन्त्रित भई दुई वटा ट्याक्सी र एक निजी गाडीलाई ठक्कर दिएको थियो। काठमाडौंबाट पोखरा आउँदै गरेको उक्त गाडीले ग १ ज ३७०७ नम्बरको ट्याक्सी, ग १ च २६७६ नम्बरको अर्को ट्याक्सी र बा १० च १५२४ नम्बरको प्राईभेट गाडीलाई ठक्कर दिएको थियो।

गाडीका चालक अम्रित जिसीले मदिरा सेवन गरेका कारण गाडी अनियन्त्रित भई दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप विवरण नआएको  प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए।

प्रकाशित: १७ फाल्गुन २०७४ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App