५ वैशाख २०८१ बुधबार
समाज

दुई महिलासहित ३ जना मृत फेला

खोटाङ – खोटाङमा एकैदिन दुई महिला र एक पुरुष मृत फेला परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्। उनीहरु फरक–फरक स्थानमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

तिर्थकुमारी घरबाट २५ मिटर दक्षिणमा रहेको बडहरेको रुखमा, देबीबहादुर घर नजिकैको जंगलमा चिलाउनेको रुपमा तथा रिना घरकै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। तिर्थकुमारीको शव पोष्टमार्टमका लागि जिल्ला जिल्ला अस्पताल दिक्तेल, देबीबहादुर र रिनाको शव पोष्टर्माटमका लागि उदयपुरको घाईघाट पठाइएको प्रहरीले जनाएको छ। तीन वटै घट्नाको बिषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।  

प्रकाशित: १४ फाल्गुन २०७४ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App