coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले विपरित दिशातर्फबाट आउँदै गरेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका घर भएका ३७ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। 

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं ५, बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा मोटरसाइकलका चालक बालविकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाइते भएका छन्। घाइतेहरूको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App