१५ चैत्र २०८० बिहीबार
समाज

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

पाँचथर – अपहरण तथा शरीर बन्धक मुद्धामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो। 

विशेष सुराकीका आधारमा प्रहरी सहायक निरीक्षक कमल थापाको टोलीले पक्राउ गरेको हो। एक महिलालाई अपहरण तथा बन्धकक राखेको उजुरीका आधारमा खत्रीविरुद्ध मुद्दा चलेको थियो। विशेष सूचनाका आधारमा टोली पठाएर पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी इक्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए। उनका अनुसार खत्रीलाई जेल चलान गरिएको छ। 

२०७१ साल मंसिर ११ गते घटना घटाएको आरोपमा उनीविरुद्ध मुद्दा चलाईएको थियो। मुद्दा चलेदेखि उनी फरार थिए। प्रहरीले फरारको सूचीमा राखेर खोजी गरिरहेको थियो। जिल्ला अदालत पाँचथर २०७२ असार १२ गते खत्रीलाई दोषी ठहर गरेको थियो। अदालतले उनीविरुद्ध ८ बर्ष कैद र २५ हजार जरीवाना सजायँ तोकेको थियो।

प्रकाशित: १० फाल्गुन २०७४ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App