१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

काठमाडौं – १८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले  सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपाल  भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको हो। गत वर्षको रिपोर्टमा  नेपाल भ्रष्टाचार  हुने मुलुकको १३१ औ स्थानमा रहेको थियो।  रिपोर्ट अनुसार गत वर्ष भन्दा नेपालमा हुने गरेको भ्रष्टाचारमा केही सुधार आएको भएतापनि उक्त परिणाम सन्तोषजनक भने छैन ।ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार मापन सम्बन्धि मापदण्डका अनुसार ० अंक पाउने मुलुकहरूमा अत्याधिक मात्रामा भ्रष्टाचार हुने गर्छ । भने १०० अंक पाउने मुलुक भ्रष्टाचार रहित हुन्छ।

न्यूजील्यान्ड र डेनमार्क भ्रष्टाचार सबैभन्दा कम हुने मुलुकको सूचीमा परेका छन् भने अफगानिस्तान विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सुचीमा परेको छ ।दक्षिण एसियाली मुलुकहरू बंगलादेश, पाकिस्तान , श्रीलंका लगायतका देशहरू भ्रष्टाचार हुने मुलुकहरूको उच्च सूचीमा परेका छन् ।

प्रकाशित: १० फाल्गुन २०७४ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App