१६ चैत्र २०८० शुक्रबार
समाज

भक्तपुर रेडक्रसको बजेट तीन करोड

नगरकोट-  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५-७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५-७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो।

कार्यक्रममा सहभागी हुँदै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेको बताए । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै उनले भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताए।“पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससँग स्थानीय तथा केन्द्रीय सरकार सधै सहकार्य गर्न तत्पर छ,” उनले बताए।
नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताए।नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुरले भूकम्प पूर्वतयारीको कार्यक्रम नमूनाको रुपमा सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए। रासस
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App