७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ९ घाइते

रोल्पा – रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुसुवर्णावती गाउँपालिकाको रुइनीबाङबाट लुङग्री गाउँपालिकाको नम्जा जादैं गरेको लु. २ त ७९३० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लुङग्री गाउँपालिका–४ नम्जाका ४० वर्षका नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय बालक दिपेन्द्र विष्टको मृत्यु भएको हो।

घाइते ९ जनामध्ये एक जनाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको रोल्पा प्रहरी प्रमुख ज्ञानेन्द्र फुयालले बताए। उनका अनुसार चालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्।

प्रकाशित: ७ फाल्गुन २०७४ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App