६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज- ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०-२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ६ फाल्गुन २०७४ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App