१७ जेष्ठ २०७७ शनिबार
समाज

आज ग्याल्बो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ। 

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ।

त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाउँदैछन्। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको छ। सरकारले दुबै ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। 

 सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०८:२८ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App