८ वैशाख २०८१ शनिबार
समाज

कार्यकक्षमै थुनिए वडाध्यक्ष

खोटाङ – निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाएको समुहले खोटाङमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेको छ। सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार कार्यकक्षमै थुनिएको हो। 

३० लाखको लागतमा निर्माण हुने बुईपा–बिजयखर्क वडा कार्यालय हुँदै जोड्ने सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टी जनाउँदै एक समुहले वडाध्यक्ष ढकाल कार्यालयभित्र रहेको समयमा ताला लगाएको जानकारी प्राप्त भएकोे प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताए। वडा कार्यालयमा लगाइएको ताला प्रहरीचौकी बुईपाबाट गएका प्रहरीले केही समयपछि खोलेका थिए। ताला लगाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। 

वडाको अधिकांश निर्माण उपभोक्ता समिति प्रक्रिया मिचेर एकलौटी ढंगले निर्माण गरिएकाले वडाध्यक्ष ढकाललाई कार्यकक्ष भित्रै थुनिएको असन्तुष्ट समुहका प्रेम खनालले जनाएका छन्। वडाध्यक्ष ढकालले समिति गठनका विषयमा लिखित गुनासो राख्न खोज्दा गुनासो नै लिन नमानेकाले ताला लगाउनु परेको असन्तुष्ट पक्षले जनाएको छ। उनीहरुले प्रशासनमा समेत लिखित गुनासो पोखेको बताएका छन्। 

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललेसवै प्रकृया पूरा गरेर सडक निर्माण उपभोक्ता समिति गठन गरिएको बताएका छन्। ‘सबै प्रकृया पूरा गरेर उपभोक्ता निर्माण समिति गठन गरेको पाएका छौँ,’ रिजालले भने, ‘सार्वजनिक सूचना जारी गर्दा पनि उहाँहरु भेलामा आउनु भएन, अहिले प्रतिशोधमा ताला लगाउने काम गरिएको छ ।’ बिहिबार बिहान मात्र सो सडक शिलान्यास गरिएको थियो। 

प्रकाशित: ३ फाल्गुन २०७४ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App