१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भट्टको पक्राउ टुटलसँग सम्बन्धित छैनः सञ्चालक कम्पनी ज्याप

राइडिङ सेयरिङ सेवा ‘टुटल’ सञ्चालक कम्पनी ‘ज्याप’ले पूर्वसञ्चालक शिक्षित भट्टको पक्राउसँग कम्पनीको कुनै सम्बन्ध नरहेको बताएको छ।ज्यापका वर्तमान मालिक एवं सिइओ केयुश श्रेष्ठले पूर्वमालिक भट्टको पक्राउसँग कम्पनीको कुनै सम्बन्ध वा सरोकार नरहेको बताएका हुन।

‘टुटलका पूर्वमालिक, शिक्षित भट्टलाई सोधपुछको लागि बोलाइएको सम्बन्धमा विभिन्न समाचारले हाम्रो ध्यानाकर्षण भएको छ,’ नागरिकसँग कुरा गर्दै श्रेष्ठले भने,‘अहिले टुटल पूर्ण रूपमा ज्याप सेवा प्रालीबाट चलिरहेको छ।जसको भट्टसँग सम्बन्धित अघिल्लो कम्पनी र व्यवस्थापनसँग कुनै सम्बद्धता छैन।’  

टुटलले हाल आफ्नै दृष्टिकोण, रणनीति र मूल्यहरू लागू गरी सेवा गरिहरेको बताउँदै श्रेष्ठले उच्च गुणस्तरका सेवाहरू प्रदान गर्न र प्रयोगकर्तालाई सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।

टुटलका संस्थापक सञ्चालक भट्टलाई प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार बिहान पक्राउ गरेको थियो।

प्रकाशित: २० पुस २०८० ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App