१६ चैत्र २०८० शुक्रबार
समाज

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

काठमाडौँ (रासस)- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ।
आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४:३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
“विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने।
प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ।
 

 

प्रकाशित: १ फाल्गुन २०७४ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App