६ वैशाख २०८१ बिहीबार
समाज

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

ताप्लेजुङ – माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

यस्तै माहोलका बीच मंगलबार (आज) बाट ताप्लेजुङमा पाथीभरा महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन सुरु भएको छ । बिहान ८ बजे तोक्मेडाँडाबाट सुरु भएको महोत्सवको पहिलो दिन कलश यात्राका सहभागी नगर परिक्रमा गर्दा नगर क्षेत्रका बासिन्दाको भावनात्मक एकताले रंगिएको नगर क्षेत्रको दृश्य हेर्दै आयोजक मध्येका एक नयाँ रणभीम गुल्मका गुल्मपति रबि केसैले भने ‘वाह ! ताप्लेजुङ’ । सुरुमा उनलाई यस्तो माहोल हुनेमा शंका थियो।

पछिल्लो सातादिन आयोजक जत्तिकै खटाइ दर्शाएर नगरबासीले नगर सजावटका लागि देखाएको मेहनेतले केसीको अनुमान उल्टाइदियो । भन्छन्‘साँँँच्चै एकताको भाव नगरवासीले प्रकट गर्नु भएको छ’ । हुनपनि आ–आफ्नो टोल श्रृंङगार्न नगरबासी सायदै रातभर जागै पनि रहे । बिहानै सबेरै उठे । शान्ति टोल क्षेत्रका युवा दुर्गा पौडेलका भनाईमा टोल सजावटका लागि स्थानीयले रातको १ बजे सम्म काम गरे, बिहानै ४ बजे उठे । जिमी पोखरी टोल सुधार समितिका अध्यक्ष नेत्रप्रसाद खतिवडा नगरवासीको उकताले नगरक्षेत्रको स्वरुप बेहुली झैं बनेकोमा प्रसन्नता व्यक्त गर्दछन्।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका अध्यक्ष समेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक डिल्लीजंग मादेन बिश्वास र आस्थाकी देवी माता पाथीभराको महिमा बृद्धिका लागि यहाँका स्थानीयको सहभागितालाई उल्लेखनिय रुपमा लिन्छन् । उनले अघिल्ला बर्षहरु झैं यसबर्षपनि स्थानीयको उत्साह तथा सहभागितामा कमी नआउनुलाई माताको अनुकम्पा भन्छन्।

पूर्वकै पवित्र तिर्थस्थलको रुपमा रहेको ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरालाइ पूर्वकै धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्मको संयुक्त आयोजनामा यसबर्षको महोत्सव सुरु भएको हो।

म्याराथनका लागि हिमालयन गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौ मुख्य प्रायोजक रहेको छ । तोक्मेडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडा पुगेर अन्त हुने छ भने दिउँसो १ बजेबाट तोक्मेडाँडा स्थित नयाँ रणभीम गुल्मको खेल मैदानमा अन्य कार्यक्रम सञ्चालन सञ्चालन हुदैछन्।

तस्बिर सबै खगेन्द्र अधिकारी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App