१६ चैत्र २०८० शुक्रबार
समाज

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

काठमाडौं – नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजना संचालन गरेको छ। 

ग्राहक योजनाअन्तर्गत पहिलो पाक्षिक लक्की ड्र बाट बिराटनगरका  कुमार फुयाँल विजेता बनेका छन्। उनले एकथान ३२ ईन्चको हाइसेन्स एलईडी टिभी प्राप्त गरेका छन्। 

ग्राहक योजनामा सहभागी हुने सम्पूर्ण ग्राहकहरुको लागि हात खाली नजाने बिभिन्न उपहार तथा नगद छुटको ब्यवस्था गरिएको छ।

सहभागी ग्राहकमध्येबाट दैनिक लक्की ड्र, पाक्षिक लक्की ड्र तथा मासिक लक्की ड्र मार्फत बिभिन्न उपहारको ब्यवस्था गरिएको छ। मासिक लक्की ड्र मार्फत हरेक महिना एकजनाले एप्रिलिया स्कुटर प्राप्त गर्नेछन् । 

बितरण बिभागका प्रवन्धक मदन अर्यालका अनुसार सातवटै प्रदेशलाई लक्ष्य गरी देशैभर एकैपटक संचालन भएको यो योजनामा उल्लेख्य पाठकहरु सहभागी भएका छन्। यो योजना आगामी ३ महिना सम्म संचालन हुनेछ। 

प्रकाशित: २९ माघ २०७४ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App