coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशुली दुर्घटना अपडेट :  बेपत्ता सचिवको शव फेला, दुई अझै बेपत्ता

सचिव यादव सवार जिप दुर्घटनास्थल । तस्बिर: सरिता श्रेष्ठ

धादिङ – त्रिशुली नदीमा जिप खस्दा बेपत्ता भएका सिचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । सिट बेल्ड लगाइएको अवस्थामा जीपभित्र नै उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक संजय तिमिल्सनाका अनुसार जिप सचिव यादवले नै चलाएका थिए। 

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा शनिबार बिहान जीप खस्दा सचिव यादवका २२ वर्षका छोरा सन्तोष यादव र जीपमा सवार १५ वर्षका उन्नती गुप्ता बेपत्ता छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। 

कपिलवस्तुबाट काठमाडौँ जाँदै गर्दा यादव सवार बा २ झ ३१४० नम्बरको जिप त्रिशुली नदीमा खसेको थियो। जीप खस्दा घाइते भएका गाडीका चालक नीरन्जन यादवको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

प्रकाशित: २७ माघ २०७४ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App